Section 31
कारवाई गर्ने अधिकार र त्यस उपरको पुनरावेदन
(१) दफा १४ को प्रयोजनको लागि जग्गा अधिग्रहण गर्दा बाधा विरोध गरेको, दफा १६ बमोजिम लगाएको रुख काटेको वा उखेलेको, दफा १७ बमोजिम माटो, ढुङ्गा वा बालुवा लिंदा बाधा विरोध गरेको, दफा १८ को बर्खिलाप सार्वजजिक सडकको आवागमनमा बाधा पुर्याउने गरी कुनै माल वस्तु राखेको, फालेको जडेको, बनाएको, झुण्डाएको र दफा १९ को बर्खिलाप सार्वजनिक सडक वा सडक सीमा भित्र कुनै काम गरेको कसुरको सम्बन्धमा कारवाई गरी सजाय दिने अधिकार सडक विभाग वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अधिकारीलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम कारवाही गर्दा सडक विभाग वा तोकेको अधिकारीले प्रचलित कानुन बमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम सडक विभाग वा तोकेको अधिकारीले सजाय गर्न गरेको आदेशबाट मर्का पर्ने व्यक्तिले पैंतीस दिन भित्र उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।